तस्बिर: कोलम्बो गजेट

अन्तर्राष्ट्रिय

श्रीलङ्काले रुसी र युक्रेनी पर्यटकको भिसाको म्याद थप्ने

By खबरहब

March 01, 2022

काठमाडौँ- श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरूको भिसाको म्याद थप्ने निर्णय गरेको छ । उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरूको भिसाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ । युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देश तर्फ जाने गरेका छन् । सरकारी अधिकारीहरूका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरू रहेको जनाएका छन् । ती मध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन भने तीन हजार ९९३ जना युक्रेनका रहेका छन् । 

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरूले जनाएका छन् । सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।