तस्बिर : एएफपी

अन्तर्राष्ट्रिय

युक्रेनमा रुस युद्ध अपराधमा संलग्न – जेलेन्स्की

By खबरहब

March 01, 2022

काठमाडौंँ- रुसले युक्रेनमा युद्ध अपराध गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

दोश्रो ठूलो शहर खार्किभमा दर्जनौँको ज्यान लिनेगरी रुसले गरेको गोलाबारीलाई राष्ट्रपति जेलेन्स्कीले युद्धअपराधको संज्ञा दिएका हुन् । सोमबार रुसले युद्धमा प्रतिबन्धित क्लस्टर बमको प्रयोग गरी खार्किभमा गोलाबारी गरेको थियो । गोलाबारीमा ३ बालबालिकासँगै ९ सर्वसाधारणको ज्यान गएको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसी फौजले सर्वसाधारणलाई जानाजान निशाना बनाइरहेको प्रत्यक्षदर्शीहरुले बताएको जेलेन्स्कीको भनाई छ ।

‘स्पष्ट रुपमा भन्दा यो युद्ध अपराध हो ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘रुसीहरुलाई कहाँ आक्रमण गरिएको छ भन्ने राम्रोसँग थाहा थियो ।’