राजनीति

नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा

By खबरहब

March 01, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।

प्रचण्ड मंगलबार अपराह्न श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भनेर आलोचना गरेका थिए । एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबर्जस्ती नरोक्ने बताएका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक सुदृढीकरणलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष हात्तीवनस्थित श्रेष्ठ निवास पुगेको जानकारी दिए ।