मनोरञ्जन

रेणुको शिवजी अवतार

By कुबेर डंगोल

March 01, 2022

काठमाठौँ- ललितपुरमा जन्मेकी रेनु शर्मा छ वर्षदेखि मोडलिङमा सक्रिय छिन्। उनले चलचित्रमासमेत अभिनय गरेकी छन्।

दर्जनौँ म्युजिङ भिडियोबाट मोडलिङमा कलाकारिताको अनुभव बटुलेकी उनी व्यवसायिकतामा विश्वास गर्छिन् ।

सुन्दरताभन्दा अभिनयको गहिराईले करियरलाई उचो बनाउने रेणु बताउँछिन् । उनी पहिल्यैदेखि मोडलिङमा सक्रिय हुन् । केही समय उनले ग्याप समेत राखेकी थिइन् ।

उनको मोडलिङ यात्रा केवल व्यवसायिकताका लागि मात्रै होइन, नेपाली समाज, वास्तविकता, आस्था, विश्वास र परिवर्तनका लागि सन्देश पनि हो । 

महा शिवरात्रीमा शिवको अवतारमा फोटो शुट गराउनु रेणुको विशेषता हो ।