राजनीति

प्रतिनिधिसभाको बैठक भोलि बस्दै, सम्भावित कार्यसूची सार्वजनिक

By खबरहब

March 01, 2022

काठमाडौँ– प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस कार्यसूची रहेको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।