आर्थिक

काभ्रेको पाँचखालमा सानिमा बैंकको शाखा विस्तार

By खबरहब

March 01, 2022

काठमाडौँ– सानिमा बैंकले काभ्रेको पाँचखालमा शाखा विस्तार गरेको छ ।

पाँचखाल–४ तामाघाटमा भएको समारोहमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले शाखाको उद्घाटन गरेका हुन् ।

त्यसक्रममा मेयर खरेलले विश्वसनीय बैंकका रूपमा अगाडि बढ्दै गएकोमा सानिमा बैंकलाई धन्यवाद दिए ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइले निरन्तर सहयोगका लागि बैंकका ग्राहक तथा सरोकारबालाप्रति आभार व्यक्त गरे ।

सानिमा बैंकले देशभरिमा हालसम्म १ सय २४ शाखा विस्तार गरिसकेको छ । त्यस्तै, सातवटै प्रदेशमा गरी १ सय ४ वटा एमटीएमबाट सेवा दिइरहेको छ ।