फाइल फोटो

राजनीति

महन्त ठाकुरले भने– ‘चुनावमा एमालेसँग गठबन्धन हुन सक्छ’

By खबरहब

March 01, 2022

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् ।

मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै अध्यक्ष ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग केही सिटमा गठबन्धन हुन सक्ने बताएका हुन् । यद्यपि, अहिलेसम्म नेकपा एमालेसँग यस विषयमा कुनै कुरा नभएको पनि उनले स्पष्ट पारे ।

लोसपाका कार्यकारणी सदस्य शरतसिंह भण्डारीसँगै जनकपुरधाम आएका ठाकुरलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।