समाचार

पशुपति जाने बाटोमा रहेको पुलको पर्खाल भत्कियो, दुई जना घाइते

By खबरहब

March 01, 2022

काठमाडौँ । पशुपति मन्दिरबाट श्लेष्मान्तक वन जाने बाटोमा रहेको पुलको पर्खाल भत्किएको छ ।

बागमती नदीमा रहेको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् ।

मंगलबार महाशिवरात्रिमा पूजाका लागि पाशुपत क्षेत्र पुगेका भक्तजनहरूको अत्यधिक भारका कारण इँटाको पर्खाल भत्किएको हो ।

घाइतेमध्ये एक सुदूरपश्चिमका गोविन्द भट्ट रहेको प्रहरीले जनाएको छ । अर्का एक जना अझै अर्धचेत अवस्थामा छन् ।