फाइल फोटो

खेलकुद

इटाली नहुने विश्वकप खल्लो लागेको छ : फिफा अध्यक्ष इन्फान्टिनो 

By खबरहब

April 01, 2022

काठमाडौँ- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इटालियन खेलाडीहरू अनुपस्थित हुने विश्वकप खल्लो हुने बताएका छन् ।

इटाली विश्वकपमा छनौट हुन नसक्नु दुर्भाग्य भएको भन्दै उनले आफ्ना लागि यो पटकको विश्वकप खल्लो महसुस हुने बताएका हुन् ।

इटालीको फुटबललाई पछ्याएर हुर्केकाले इटाली छनौट हुन नसक्दा आफूलाई रुन मन लागेको प्रतिक्रिया दिएका छन्। ‘खासमा मलाई रुन मन लागेको छ।’ इन्फान्टिनोले भनेका छन्।

यसअघि रुसमा भएको विश्वकपमा पनि इटालीले खेल्न पाएको थिएन। सन् १९८२ मा इटालीले विश्वकप जित्दा आफू किशोर रहेको र त्यसको झझल्को अझै ताजा रहेको इन्फान्टिनाको भनाइ छ।

‘इटालीका बच्चाहरूले यो पटक राष्ट्रिय टिमले कतारी भूमिमा खेलेको हेर्न पाउने छैनन्। यो कुराले मलाई भावुक बनाउँछ। फेरि विश्वकपको आफ्नै नियम छ। जस अनुसार ३२ देशले मात्रै विश्वकप खेल्न पाउँछन्,’ इन्फान्टिनोले भनेका छन्।