फाइल तस्वीर

स्वास्थ्य

लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

By खबरहब

April 01, 2022

लमजुङ – लमजुङका  ४१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले २५ देखि ३० चैतसम्मको अवधिमा बालबालिकामा उक्त  खोप लगाउने तयारी गरेको  स्वास्थ्य  कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ ।

सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खोप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिन मात्र गर्ने भएको हो । मुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइने भएको हो ।

खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकनुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ।