तस्वीर- एटलान्टिक काउन्सिल

अन्तर्राष्ट्रिय

पुटिन आफैँले बनाएको पिँजडामा फसेको बेलायती रक्षामन्त्रीको टिप्पणी

By खबरहब

April 01, 2022

काठमाडौं– बेलायती रक्षामन्त्री बेन वाल्लेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले बनाएको पिँजडामा फसेको टिप्पणी गरेका छन् । स्काई न्युजसँगको कुराकानीका क्रममा रक्षामन्त्री वाल्लेसले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपति पुटिन पहिलेजस्तो शक्तिशाली रहेनन् । उनी अहिले आफैँले बनाएको पिँजडामा छन् ।’

‘उनका सैनिक थकित छन्, उनले ठूलो हानी व्यहोरेका छन् ।’ वाल्लेसले थपे, ‘रुसको विशाल सेनाको प्रतिष्ठा गुमेको छ ।’

युक्रेनको पूर्वी एवम् दक्षिणी भूभागमा आक्रमण गर्नका लागि रुसी सैनिक अहिले पुनर्ताजगी र पुनवर्गीकरणको क्रममा रहेको उनको भनाइ छ ।

पुटिनले युक्रेनमा गरेको आक्रमणको मात्रै नभई रुसी सेनाप्रति गरेको व्यवहारको पनि परिणाम भोग्ने वाल्लेसको टिप्पणी छ ।

उनले अन्तर्राष्ट्रिय साझेदारहरु युक्रेनलाई अझ धेरै सैनिक उपकरण र ‘घातक सहायता’ सहयोग गर्न सहमत भएको समेत जानकारी दिए ।