तस्वीर- क्यान

क्रिकेट

त्रिकोणात्मक सिरिज – टस जितेर पीएनजी फिल्डिङ गर्दै

By खबरहब

April 01, 2022

काठमाडौं- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी पीएनजी र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङको निम्तो पाएको छ ।

मलेसियाविरुद्ध जारी खेलमा पीएनजी पहिलो जितको खोजीमा हुनेछ । यसअघि सिरिजमा नेपालविरुद्ध दुई एवम् मलेसियाविरुद्ध एक खेलमा पराजित पीएनजी अंकविहीन रहँदै अंकतालिकाको पुछारमा छ ।

मलेसिया भने एक जितका साथ २ अंकसहित अंकतालिकाको दोश्रो स्थानमा छ । मलेसियाले यसअघि पीएनजीलाई पराजित गरेको थियो भने नेपालसँग पराजित भएको थियो ।

घरेलु टोली नेपाल भने तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा छ ।