तस्वीर- नेटो

अन्तर्राष्ट्रिय

रुसी फौज पुनर्ताजगी र पुनवर्गीकरणको अवस्थामा रहेको नेटो महासचिवको भनाइ

By खबरहब

April 01, 2022

काठमाडौं– रुसी फौजले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण गर्न पुनर्ताजगी र पुनवर्गीकरण गरिरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको महासचिवले जनाएका छन् । युक्रेनमा आक्रमणलाई निरन्तरता दिन रुसी फौज पुनर्ताजगी एवम् पुनवर्गीकरणमा लागेको उनको भनाइ छ ।

‘हाम्रो गोप्य जानकारीअनुसार रुसी फौज पछि हटिरहेका छैनन्, बरु पुनतयारी गरिरहेका छन् ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ, ‘साथै रुसले किभ र अरु शहरमा पनि दबाब कायमै राखेको छ । त्यसैले हामी नयाँ आक्रमणका साथै यसबाट उत्पन्न हुने थप पीडाको अपेक्षामा छौं ।’

यसअघि रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले रुसी फौजले युक्रेनको राजधानी किभ र चेर्निभ क्षेत्रमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए । तर, स्टोल्टेनबर्गले भने रुसको सैनिक उद्देश्य भने परिवर्तन भएको बताए ।

‘हामीले शहरहरूमा निरन्तर गोलाबारी देखिरहेका छौं र रुसले आफ्ना केही सैनिकलाई यताउति सारेर पुनस्थिती गरिरहेको छ, डोनबास क्षेत्रमा थप प्रयास गर्नका लागि हुनसक्छ ।’ उनले भने ।