मनोरञ्जन

‘के घर के डेरा’ निर्देशनको जिम्मा दीपेन्द्रलाई

By खबरहब

April 01, 2022

काठमाडौँ – नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र विपिन कार्की ।

अझ यी दुई एकसाथ फिल्ममा आउने भएपछि चर्चा नबढ्ने कुरा नै भएन । सिंगे लामाको निर्माण तथा सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’ को घोषणा भएको हो ।

फिल्मका टिमले गर्दा यो फिल्मबाट आशावादी हुने धेरै ठाउँ थिए । फिल्ममा दया र विपिनसँगै वर्षा राउत पनि रहने भएपछि राम्रै चर्चा भयो । यद्दपी फिल्म अब बन्न अन्यौलता छ । कोरोना भाइरसको महामारीका कारण छायांकनमा ढिलाई भएको फिल्मका निर्देशक सुव्रत आचार्यले हात झिकिसकेका छन् ।

निर्देशक सुव्रतले केहि साता अगाडी मात्र चलचित्र विकास बोर्डमा आफू फिल्मसँग नरहेको लिखित रुपमै जानकारी गराइसकेका छन् ।

यसका साथै निर्माता सिंगे लामाले पनि फिल्म छाडेको चर्चा चलेको छ । यद्दपि फिल्मलाई अब दीपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । दीपेन्द्र निर्माता रहेको फिल्म परस्त्रीको छायांकन सकिएपछि उनि ‘के घर के डेरा’मा जोडीने फिल्मका एक सदस्यले बताए ।

केहि समय अगाडी मात्र दीपेन्द्रले निर्देशन गर्छन भन्ने सुनेको छु ती सदस्यले भने , फिल्ममा को को कलाकार रहने भन्ने टुङ्गो अब केहि दिनमा नै लाग्नेछ । फिल्मको निर्माण अवधि लम्बिएकोले पनि यसको कथासँगै कलाकारमा समेत परिवर्तन आउन सक्ने छ ।