तस्वीर- युक्रेनी राष्ट्रपतिको कार्यालय/अनादोलू एजेन्सी

अन्तर्राष्ट्रिय

जेलेन्स्कीद्वारा दुई ‘देशद्रोही’ सैनिक अधिकारी बर्खास्त

By खबरहब

April 01, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाका दुई ‘देशद्रोही’ अधिकारीलाई बर्खास्त गरेका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनको सुरक्षा सेवा (एसबीयू) को मुख्य विभागका प्रमुख नाउमोभ आन्द्रे ओलेहोभिचलाई बर्खास्त गरेको जनाएका हुन् । त्यस्तै, उनले खेर्सन क्षेत्रमा एसबीयूका प्रमुख क्रिभोरुच्को शेरी ओलेक्सान्द्रोभिचलाई पनि बर्खास्त गरिएको बताए ।

दुबै जनालाई जेलेन्स्कीले ‘खलनायक’ को संज्ञा समेत दिए । यी दुबै सुरक्षा अधिकारीले मुलुकको ‘स्वतन्त्रता एवम् आत्मनिर्भरता’ को रक्षा गर्न असफल भएको उनले बताए ।

‘अहिले मसँग सबै देशद्रोहीलाई दिने समय छैन तर विस्तारै सबैलाई तह लगाइने छ ।’ उनले भने । त्यसपछि चेतावनी स्वरुप उनले भने, ‘आफ्नो मातृभूमि कहाँ हो भन्ने निर्णय नगरेका’ र ‘युक्रेनप्रति बफादारिताको’ उल्लङ्घन गर्ने वरिष्ठ सैनिक अधिकारीलाई पनि पदमुक्त गरिनेछ ।

‘यस्ता जर्नेलहरू यहाँ काम छैनन् ।’