तस्वीर- फेसबुक/युथ कांग्रेस नेपाल

देश/प्रदेश

यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

By खबरहब

April 01, 2022

काठमाडौं- संयुक्त अरब इमिरेट्स यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेलाई रिहा गर्न माग गदै युथ काँग्रेस नेपाल प्रदर्शन गरेको छ । उनको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रबार माइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।

उनलाई जेल पुर्‍याउनका लागि युएईस्थित नेपाली दुतावासको हात रहेको आफन्तहरूले आरोप लगाएका छन् । दुबईमा रहेको नेपाली दुतावासलाई लक्षित गर्दै फेसबुकमा टिप्पणी गरेकै कारण युएईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना तिराएर सम्पत्ति जफतसहित देश निकाला गर्ने सजाय सुनाएको थियो । दुई महिना यता पत्रकार पाण्डे जेलमा छन् ।

पाण्डेले गत पौष २४ मा पर्यटन भिसामा रहेका समस्या औँल्याउँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको र सोही कारण उनलाई जेल हालिएको युथ कांग्रेसको आरोप छ ।

युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको भन्दै उनको बिना सर्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनकारीको माग छ ।