अपराध

एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ

By खबरहब

April 01, 2022

काठमाण्डौ – चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षा दिन गएका ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नक्कली परीक्षार्थीविरुद्ध थप अनुसन्धान भईरहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए ।

एमबीबीएस प्रवेश परीक्षा शुक्रबारबाट सुरु भएको छ ।