फाइल फोटो

राजनीति

ओलीले संविधानका उपलब्धि उल्ट्याउन संसद विघटन गरेको प्रचण्डको टिप्पणी

By खबरहब

April 01, 2022

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एमव् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शुक्रबार काभ्रेका युवालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले संविधानका उपलब्धि उल्ट्याउन संसद विघटन गरेको समेत टिप्पणी गरे।

‘गत वर्ष केपी ओलीले यो संविधान खारेज गराउने दुस्साहास गरे जसमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मेधशी,थारुलाई विशेष अधिकार दिएको छ,’ प्रचण्डले भने, ‘त्यसलाई उल्ट्याउनका लागि पटक–पटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रनिनिधिसभा विघटन गर्ने दुस्साहस गरे।’

आउने निर्वाचनमा आफू विजयी भएन भने र ओलीजस्ता प्रतिगामी, संविधान विरोधी शक्तिको विजयी भयो भने देश दुर्घटनामा जाने प्रचण्डको भनाई छ ।