समाचार

३ हजार ८३५ मा परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

April 01, 2022

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार २२ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ८३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमित कारोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

२ हजार ५१६ जनाको पिसिआर र १ हजार ३१९ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

देशभर १ हजार २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।