राजनीति

सुखी नेपाली समृद्ध नेपालको नारालाई ओली नेतृत्वको सरकारले ध्यान दिन नसकेको नेता खनालको भनाइ

By खबरहब

April 01, 2022

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सुखी नेपाली समृद्ध नेपालको नारालाई केपी ओली नेतृत्वको सरकारले ध्यान दिन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित केहि विश्व कीर्तिमान हस्तान्तरण कार्यक्रममा खनालले ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा सुखी नेपाली समृद्ध नेपालको नारा धेरै पटक जपेपनि त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

उनले एमालेको नवौं महाधिवेशनमा सुखी नेपाली समृद्ध नेपालको नारा आफुले नै अघि सारेको दावी गरे । अब सबैको साझा एजेण्डा सुखी नेपाली समृद्ध नेपाल हुनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा नेता खनालले विश्व कीर्तिमान प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।