तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा अज्ञात बन्दुकधारीद्वारा पूर्व सुरक्षा अधिकारीको हत्या

By खबरहब

April 01, 2022

काठमाडौं– अफगानिस्तानको फराह प्रान्तमा अज्ञात बन्दुकधारीले पूर्व सुरक्षा अधिकारीको हत्या गरेका छन् ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका पूर्व अधिकारी सुल्तान मोहम्मदको गोली हानी हत्या भएको अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीले समेत पुष्टि गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुल्तानले यसअघिको जागिर छाडेर पछिल्लो समय बजारमा पसल चलाएर गुजारा गर्दै आएका थिए ।

गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ सुरक्षा व्यवस्था निकै कमजोर हुँदै आएको छ ।

तालिबानका प्रमुख हैबतुल्लाह अखुन्दजादाले यसअघिको सरकारमा काम गरेका सुरक्षा अधिकारीलाई आम माफी दिने घोषणा गरेपनि उनीहरुविरुद्ध हुने हिंसा नरोकिएको जनाइएको छ ।