समाचार

प्रधानमन्त्रीलाई पुर्‍याएर फर्किएको प्रहरी जीपले मोटरसाइकललाई ठक्कर

By खबरहब

April 01, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएर फर्किएको सुरक्षाकर्मीको गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ ।

शुक्रबार दिउँसो भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई विमानस्थल पु¥याएर फर्किरहेका प्रहरीको जीपले कोटेश्वर चोकमा मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका हुन् ।

प्रहरीको जीपले बाग्मती प्रदेश ०३२ प ८५६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

सडकमा जीपको खोल्दा मोटरसाइकलसँग ठोक्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । घाइते भएका चालकलाई प्रहरीले आफ्नो भ्यानमा राखेर लगेको छ ।