खेलकुद

बोरुसिया डर्टमण्ड पराजित

By खबरहब

May 01, 2022

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बक्हमले बोरुसिया डर्टमण्डलाई ४-३ गोल अन्तरले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्ड पराजित भएको हो। घरेलु मैदानमा अर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्ड पराजित भएको हो ।

बक्हमलाई जित दिलाउन सेबास्टियन पोल्टर, गेरिट होल्टम्यान, जुर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक एक गोल गरे ।

जितसँगै ३९ अंक जोडेर बक्हम ११ औं स्थानमा उक्लिएको छ भने डर्टमण्ड ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।