आर्थिक

घट्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

May 01, 2022

काठमाडौँ – नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।