राजनीति

स्थानीय तह स्वायत्त हुन सकेन : मुख्य निर्वाचन अधिकृत

By खबरहब

May 01, 2022

हेटौँडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् । 

सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु परेको बताए । स्थानीय तह आफैँमा एउटा सरकार भएकाले स्थानीय तह आफैँले निर्वाचन गराउनु पर्नेमा अहिले पनि केन्द्रकै भर पर्नु परेको उनको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सबै दल तथा सर्वसाधारणले आचारसंहिता पालना गर्नुपर्नेमा उनले जोड दिए । 

‘सबैबाट सबैका लागि आचार संहिता पालना गर्नुपर्छ,’ उनले भने निर्वाचन भनेको समाज रूपान्तरणको प्रकृया हो, मतदान गर्दा सबैले विचार पुर्‍याउन जरुरी छ ।’

निर्वाचनमा खटिने कर्मचारीहरूको व्यवस्थापन भइरहेको पनि उनले जानकारी गराए । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट र सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले सहजीकरण गरेका थिए ।