तस्वीर- क्यान

क्रिकेट

नेपालद्वारा जिम्बाब्वे ‘ए’ लाई १८२ रनको लक्ष्य

By खबरहब

May 01, 2022

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको क्रिकेट सिरिज अन्तर्गत पहिलो टी–ट्वान्टी खेलमा नेपालले १ सय ८२ रनको लक्ष्य दिएको छ ।

 काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

नेपालका लागि मोहम्मद आदिल आलमले नटआउट ४७ र कुशल भुर्तेलले ४६ रन बनाए । आलमले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४७ रन जोडे ।

कुशलले ३१ बलमा ८ चौका प्रहार गर्दै ४६ रन जोडे । रोहित पौडेलले २६ बलमा १ छक्का र २ चौकासहित ३६ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १३ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २८ रन जोडे ।