तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

महिला सहकर्मीकै अगाडि पोर्न हेर्ने बेलायती सांसदद्वारा राजीनामा

By खबरहब

May 01, 2022

काठमाडौं- बेलायतमा संसद्‍मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल परिसले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

६५ वर्षीय परिसले ‘पागलपनको क्षण’ का लागि माफीसमेत मागेका छन् । आफूले संसद्‍मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेको युरोन्युजले जनाएको छ । 

यसअघि उनले उनले झुक्किएर पोर्न भिडियो हेरेको बताएका थिए । उनले बैठकमै पोर्न हेरेको भन्दै दुई महिला सहकर्मीले उजुरी दिएपछि यसबारे छानबिन थालिएको जनाइएको छ ।

विगत १२ वर्षदेखि टिभरटन एण्ड होनिटन निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने उनले राजीनामा दिएपछि सो क्षेत्रमा पुनः निर्वाचन हुने युरोन्युजले जनाएको छ ।

यता सो निर्वाचन क्षेत्रको कन्जरभेटिभ पार्टीले १२ वर्षसम्म सेवा गरेको भन्दै उनलाई धन्यवाद दिएको बताइएको छ । पछिल्लो समय बेलायती संसद्मा भएका यौन दुराचारका घटना बाहिर आउन थालेको युरोन्युजले जनाएको छ ।