खेलकुद

शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सानेपाबीचको खेलमा बराबरी

By खबरहब

May 01, 2022

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबले अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा प्लानिङ र सानेपाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको तेस्रो मिनेटमा खेमराज तामाङको गोलसँगै सानेपाले अग्रता लियो । तर १२ औँ मिनेटमा प्लानिङका लागि दीपक श्रेष्ठले गोल गर्दैँ खेललाई बराबरीमा पुर्‍याए । दुवै टोलीको लगातार प्रयास भएतापनि खेलको अर्को गोल भने हुन सकेन ।

सानेपाका सुमन कार्की म्यान अफ द म्याच घोषित भए ।

आज नै हुने अर्को खेलमा महावीर र झापा फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् ।