तस्वीर- क्यान

क्रिकेट

पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वेसँग पराजित

By खबरहब

May 01, 2022

काठमाडौं- टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’ क्रिकेट टोलीसँग पराजित भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा जिम्बाब्वेले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बाब्वेले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । जिम्बाब्वेका लागि तडिवानाशे मरुमानीले ५६ र टोनी मुनयोङ्गाले ५० रन बनाए । नेपालका बसिर अहमदले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि मोहम्मद आदिल आलमले नटआउट ४७ र कुशल भुर्तेलले ४६ रन बनाए । आलमले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दैँ ४७ रन जोडे ।

कुशलले ३१ बलमा ८ चौका प्रहार गर्दैँ ४६ रन जोडे । नेपालले र जिम्बाब्वेबीचको दोस्रो टी–ट्वान्टी खेल भने सोमबार हुनेछ ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ‘ए’ टोलीसँग सिरिज खेलिरहेको हो । तयारी सिरिजमा नेपाली र जिम्बाब्वे ‘ए’ बीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।