तस्वीर- डीएनए इण्डिया

अन्तर्राष्ट्रिय

भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने

By खबरहब

May 01, 2022

काठमाडौं– भारत सरकारले जम्मु कश्मीरको बुडगाम जिल्लाका युवाहरूलाई आत्मनिर्भरताका लागि ऋण उपलब्ध गराउने भएको छ ।

जिल्लाका उप आयुक्त शहबाज अहमद मिर्जाले जिल्लाका २० हजार युवाहरुलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउने बताएका हुन् ।

उनले ऋण लिन चाहने युवाहरुलाई आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरे । उनले गत वर्ष १६ हजार भन्दा धेरै युवाहरुलाई ऋण उपलब्ध गराएको समेत जानकारी दिए ।

उप आयुक्त मिर्जालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो वर्ष २० हजार युवाहरुलाई ऋण उपलब्ध गराउने लक्ष्य रहेको छ ।

युवाहरु आत्मनिर्भर र स्वरोजगार भएको खण्डमा उनीहरुले जिल्लाका अरु युवाहरुलाई पनि रोजगारी दिने उनको भनाइ छ ।