तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तानमा आतंककारी आक्रमणमा सैनिकको मृत्यु

By खबरहब

May 01, 2022

काठमाडौं– पाकिस्तानमा आतंककारीको आक्रमणमा परी एकजना सैनिकको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको घटनामा एकजना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध निकायले जनाएको छ ।

आक्रमणमा अर्का एकजना सैनिक घाइते भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानी सेनाले आतंककारी आक्रमणलाई असफल बनाएको दाबी गरेको छ ।

सुरक्षा फौजले आतंककारीहरुलाई लखेटेर पहाडी इलाकामा पुर्‍याएको पनि पाकिस्तानी सेनाको दाबी छ । यद्यपि आतंककारीहरु फरार भएको जनाइएको छ ।

त्यस्तै, मुलुकको रक्षा गर्न सेना सदैव तत्पर र दृढ रहेको समेत पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध निकायले जनाएको छ ।