खेलकुद

रियल मड्रिडका फरवार्ड बेन्जिमा बने प्लेयर अफ द सिजन

By खबरहब

June 01, 2022

काठमाडौं– रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन बनेका छन् । उनले प्लेयर अफ द सिजनको अवार्ड जितेका हुन् ।

च्याम्पियन्स लिगको उपाधि दिलाउन टिममा उत्कृष्ट प्रदर्शन गरेका बेन्जिले उक्त अवार्ड पाएका हुन्।

रियललाई १४ औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले गरेको मेहनतका लागि उक्त अवार्ड दिइएको हो । लिभरपुललाई १–० गोलले पराजित गर्दै रियलले उपाधि उचालेको थियो ।

३४ वर्षीय बेन्जिमाले खेल्न थालेपछि रियलले पाँचौ पटक उपाधि उचालेको हो । उनले लिग खेलमा १५ गोल गरेका थिए । बेन्जिमाले अवार्ड जित्दा रियलकै भिनिसियस जुनियर योङ प्लेयर अफ द सिजन घोषित भएका छन् ।