फाइल तस्बिर

समाचार

आज कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ?

By खबरहब

June 01, 2022

काठमाडौँ – स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ।

आज (बुधबार)देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।