खेलकुद

सी डिभिजन लिगमा आज दुई खेल हुँदै

By खबरहब

June 01, 2022

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा बुधबार २ खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा दिउँसो पौने १ बजे पुल्चोक स्पोटर्स क्लब र महावीर क्लब भिड्दै छन् ।

पुल्चोक र महावीर सातौँ जितको खोजीमा छन् । २० अंकसहित पुल्चोक तालिकाको छैटौँ स्थानमा छ भने २२ अंकसहित महावीर तेस्रो स्थानमा छ ।

आजको दोस्रो तथा अन्तिम खेलमा मनोहरा युनाईटेड क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो पौने ४ बजे आमने सामने हुनेछन् ।

मनोहरा र खालीबारी चौथो जितमा छ । मनोहरा ९ औँ स्थानमा र खालबारी १० औँ स्थानमा छ । दुवै खालीबारी र मनोहराको समान १३ अंक रहेको छ ।