आर्थिक

पाँच हजार दिनुभन्दा पहिला सरकारले डायलासिस गर्ने मेसिन किनोस् : सुरेन्द्र पाण्डे

By खबरहब

June 01, 2022

काठमाडौँ – नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्गौला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताए ।

‘क्यान्सर, मिर्गौला रोगीलाई पाँच हजार दिन्छु भन्नु भएको छ । यो राम्रै हो । तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन । ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ । अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपर्थ्यो ।’