खेलकुद

सी डिभिजन लिगमा पुल्चोकको सातौँ जित

By खबरहब

June 01, 2022

काठमाडौँः शहीद स्मारक सी डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबले सातौँ निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा पुल्चोकले महावीर क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

पुल्चोकको जितमा शैराब लो तामाङ र सुमन श्रेष्ठले २–२ गोल गरे भने महावीरका लागि रविन राईले १ गोल फर्काए । खेलको १४ औँ मिनेटमा शैराबले पहिलो गोल गर्दै पुल्चोकलाई अग्रता दिलाए ।

खेलका ४९ औँ मिनेटमा पुल्चोकको लागि दोस्रो गोल गर्दै शैराबले अग्रतालाई दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा रविनले गोल गर्दै महावीरका १ गोल फर्काए । खेलको १४ औँ मिनेटमा सुमनले पुल्चोकको लागि तेस्रो गोल गरे ।

खेलको ७९ औँ मिनेटमा सुमनले पुल्चोकको लागि चौथो गोल गरे । पुल्चोकका शैराब म्यान अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा मनोहरा युनाइटेड क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो पौने ४ बजे आमने सामने हुनेछन् ।

मनोहरा र खालीबारी चौथो जितमा छ । मनोहरा ९ औँ स्थानमा र खालीबारी १० औँ स्थानमा छ । दुवै खालीबारी र मनोहराको समान १३ अंक रहेको छ ।