सांकेतिक तस्वीर ।

समाचार

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत्यु

By खबरहब

June 01, 2022

सुर्खेत- यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

मुगुको कर्मारोङ गाउँपालिका-२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए ।

बुधबार बिहान हेलिकोप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सहायक प्रहरी हवल्दार सिंहको घर बाँके कोहलपुर नगरपालिका(११ हो । उनी ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए ।