फाइल फोटो

राजनीति

पार्टीले हार बेहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने कांग्रेस नेता पौडेलको भनाइ

By खबरहब

June 01, 2022

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै आफ्नो पार्टीले हार बेहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने बताएका छन् । 

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसले अहंकार बढाए एमालेलाई झैँ ठेगान लगाउने चेतावनी दिएका थिए । त्यसको जवाफ दिँदै वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत इतिहासमा कांग्रेसले धेरै हार बेहोरेर पनि देश र जनता बचाउने काम गरेको उनले बताएका हुन् ।

अहिले पनि कांग्रेस हारेर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न नछाड्ने पौडेलको दावी छ ।