तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

तालिबानले अफगानिस्तानमा तत्काल लागूऔषधमाथि प्रतिबन्ध नलगाउने संकेत

By खबरहब

June 01, 2022

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले बेलाबेला मुलुकमा लागूऔषधको उत्पादनमा प्रतिबन्ध लगाएको घोषणा गरेजस्तो गर्दै आएको छ ।

यद्यपि अफगानिस्तानमा उत्पादन हुने अफिमलगायतका लागूऔषधबाट तालिबानले आर्थिक लाभ लिँदै आएका कारण अफगानिस्तानमा लागूऔषधको उत्पादन बन्द हुन समस्या परेको विवरण सार्वजनिक भएको छ ।

क्यानाडामा रहेको ‘इन्टरनेशनल फोरम फर राइट्स एण्ड सेक्युरिटी’ नामक संस्थाले सार्वजनिक गरेको रिपोर्टमा तालिबानले लागूऔषधका माध्यमबाट पैसा कमाइरहेको उल्लेख छ ।

संस्थाको अध्ययन अनुसार तालिबानले लागूऔषधका माध्यमबाट हरेक वर्ष अनुमानित ४२ करोड अमेरिकी डलर प्राप्त गर्ने गरेको छ ।

अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो अफिम उत्पादक मुलुक हो । अफगानिस्तानमा अफिमबाट १ लाख २० हजार जनालाई रोजगारी मिलेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै, ‘युरोपियन मनिटरिङ सेन्टर फर ड्रग्स एण्ड एडिक्सन’ नामक अर्को संस्थाको अध्ययनअनुसार अफगानिस्तानमा सिन्थेटिक लागूऔषधको क्षेत्रबाट ज्यालाका रुपमा अफगानहरुले वार्षिक ४ करोड ६८ लाख युरो कमाउँदै आएका छन् ।