फाइल फोटो

खेलकुद

नेपाल आज क्यानडाको ओन्टारियोसँग भिड्दै

By खबरहब

July 01, 2022

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको ओन्टारियोस्थित स्थानीय क्रिकेट क्लबसँग अभ्यास खेल खेल्दै छ ।

किङ्ग सिटीमा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । ओन्टारियोको कमानी पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरले गर्नेछन् ।

नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ । पहिलो एकदिवसीय असार २० गते र दोस्रो खेल असार २१ गते हुनेछ ।

क्यानडा भ्रमणपश्चात नेपाली टोली लिग टुको लागि स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा नेपालले नामिबिया र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले यसअघि नै स्कटल्याण्ड र क्यानडा भ्रमणका लागि १४ सदस्यीय टोलीको नाम घोषणा गरिसकेको छ ।