तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

क्यानडामा मङ्की पक्सका २७८ बिरामी

By खबरहब

July 01, 2022

ओटावा- क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् ।

ब्रिटिस कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू  दर्ता  भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको सिकार जो कोही पनि हुनसक्ने  बताइएको छ ।

उनले भनिन्- जुन कुनै लिङ्ग, उमेर समूहको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकांश सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन् ।

यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।