देश/प्रदेश

थप ५० जनामा कोरोना संक्रमण

By खबरहब

July 01, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ४ सय ६७ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् ।

हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।