बैंक/वित्त

सानिमा बैंक अब काठमाडौँको नेपालटारमा

By खबरहब

July 01, 2022

काठमाडौँ– सानिमा बैंक लिमिटेडले आज शुक्रबार तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्दक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरे । 

समुद्घाटन समारोहमा ब्रान्ड प्रवर्दक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरूलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरेका थिए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटिएम सञ्चालनमा रहेका छन् ।