तस्बिर : सिएनएन

अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघ–सिरियाली युद्धमा ३ लाख बढीले गुमाए ज्यान

By खबरहब

July 01, 2022

काठमाडौँ- एक दशकको सिरियाली द्वन्द्वमा तीन लाखभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सिरियामा एक दशकमा ३ लाख भन्दा बढी नागरिकको मृत्यु भएको पाइएको छ ।संयुक्त राष्ट्रसंघको अनुसार, सन् २०११ मा सुरु भएको गृहयुद्धमा यो आकर्डा द्वन्द्व–सम्बन्धित मृत्युको सबैभन्दा उच्च रहेको अनुमान’ गरिएको छ ।

संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा जारी गरिएको विस्तृत रिपोर्ट अनुसार, एक दशकको समयावधिमा सन् २०२१ सम्म हरेक दिन ९ महिला र १८ बालबालिका गरी ८३ सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको छ ।

यी ३ लाख ६ हजार ८ सय ८७ नागरिकहरूका हत्याको कारण उनीहरूसँग सम्बन्धित परिवार र समुदायमा गहिरो प्रभाव पारेको थियो।, मानव अधिकारको लागि संयुक्त राष्ट्रका उच्च आयुक्त मिशेल बाचेलेटले जानकारी दिए।

व्यक्तिगत रूपमा विभिन्न स्रोतहरूद्वारा मृतकको पूरा नाम, मिति र मृत्युको स्थान समावेश गरी विस्तृत जानकारीको साथ दस्तावेज गरिएको यस प्रतिवेदनले १ लाख ४३ हजार ३ सय ५० नागरिकको मृत्युलाई उद्धृत गरेको छ ।

परिवारहरूले युद्धमा मृतकको बारे अधिकारीहरूलाई सूचित नगरेकाहरूको जानकारी भने संयुक्त राष्ट्रको प्रतिवेदनमा समावेश गरिएको छैन । साथै यसले सैनिक र लडाकुहरूको मृत्यु पनि समावेश गरेको छैन तर तिनीहरूको सङ्ख्या हजारौँमा रहेको विश्वास गरिन्छ।