राजनीति

प्रचण्डद्धारा स्वर्गीय छोरा प्रकाशको सालिक अनावरण

By खबरहब

July 01, 2022

काठमाडौँ : हृद्यघात भएर मृत्यु भएका छोरा प्रकाश दाहालको सालिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनावरण गरेका छन् । शुक्रबार नुवाकोटको ककनी पुगेर माओवादी अध्यक्ष प्रचण्डले स्वर्गीय छोरा प्रकाशको शालिक अनावरण गरेका हुन् ।

नेपाल पर्वतारोहण संघले निर्माण गरेको सालिक प्रचण्डले अनावरण गरेका हुन् । कार्यक्रममा स्थानीय राजनीतिक दल, माओवादी नेता, कार्यकर्ता र विद्यार्थी पनि सहभागी गराइएको थियो । स्वर्गीय प्रकाश प्रचण्डका एक मात्र छोरा थिए ।