राजनीति

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्छु : मन्त्री कुँवर

By खबरहब

August 01, 2022

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् ।

एक अनलाइले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिए । ‘वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ’, उनले भने ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताए।