समाचार

राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

By खबरहब

August 01, 2022

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय, पर्साले  सेवाग्राहीको सजिलोका लागि  राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी  व्यवस्थापन  गरेको छ । राष्ट्रिय परिचयपत्र, ई-पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाइन फाराम जिल्लाका चौधवटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम  भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ । प्रशासन कार्यालयका अनुसार  सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको  छ ।  जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई-पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगावै कारबाही गरेपछि यो व्यवस्था गरेको हो ।