ब्रेकिङ स्टोरी

फरेन्सिक टोली घटनास्थलमा

By खबरहब

August 01, 2022

काठमाडौँ- काठमाडौँको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ ।

सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा– ६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए ।

काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धानमा खटिएको छ ।

साथै अनुसन्धानमा त्रि.वि. शिक्षण अस्पतालबाट फोरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।