फाइल तस्वीर

ब्रेकिङ स्टोरी

लिम्पियाधुरा नक्सामा समेटेपछि प्रधानमन्त्रीबाट हट्नु पर्‍यो : ओली

By खबरहब

August 01, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।

काठमाडौँमा पूर्व सचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा समेटेपछि प्रधानमन्त्रीबाट हट्नु परेको दाबी गरेका हुन् ।

‘त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भू-भाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्साबाट त्यो भू-भाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यति बेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिने वाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नु पर्नेछ’ उनले भने, ‘नभन्दै उस्तै भयो ।’

सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताएका छन् । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्रीबाट हट्नु परेको बताए ।

उनले आफू प्रधानमन्त्रीबाट हट्नु परेकोमा दुःख नभई देश जता जाँदै छ, जता लगिँदै छ त्यसमा पिर भएको बताए।