ब्रेकिङ स्टोरी

 आरती हेर्न पशुपति पुगे अध्यक्ष ओली (तस्बिरहरू)

By खबरहब

August 01, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् ।

बागमती गंगा आरती सेवा समितिको १५ औँ वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा गरेका थिए ।

साँझ नित्य आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो ।